विराटनगरबाट १२० केजी गाँजा बरामद 

बिहीबार, वैशाख १, २०७९

मोरङ, १ वैशाख : मोरङको विराटनगर महानगरपालिका–१८ फोरलाईनस्थित सडकमा को.१ च ५३०१८ नम्बरको पिकप भ्यानबाट करिब १ सय २० केजी अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

बुधबार राती उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

फोरलाइनस्थित सडकमा पिकप भ्यान रोकी चालक फरार भएपछि ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यानको तालसी लिएको थियो । 

तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार