काठमाडौं उपत्यकासहित २८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

सोमबार, साउन १८, २०८३

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) काठमाडौँसहित २८ जिल्ला र आसपास भएर बग्ने खोला तथा नदीमा आकस्मिक बाढी आई जोखिम हुने सम्भावना रहेको जानकारी दिएको छ । बाढी महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ ।  यसैगरी ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार