सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कार्यालयले आज जारी गरेको सूचना अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो । जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहे पनि शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ ।