गोदावरीमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, करिव साढे आठ लाख नगद बरामद

बिहीबार, वैशाख १, २०७९

ललितपुर, १ वैशाख  । गोदावरी नगरपालिका–१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख  ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार