भूमिसुधार कार्यालय धनुषाका निमित्त प्रमुख घुस रकमसहित पक्राउ

सोमबार, चैत २८, २०७८

काठकाडौं, २८ चैत : भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो ।

झाले जग्गा सम्बन्धी हक साफी मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग पाँच लाख मागेको सूचना एवं उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले घस रकमसहित भानुचोक जनकपुरबाट सोमबार बिहान ८:१५ मा नियन्त्रणमा लिएको जनाएको छ । उनलाई पक्राउ गरेर अख्तियारले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  २१:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार