सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २८ चैत । गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन् ।आर्थिक वर्ष २०७७र७८ मा बेरुजु फछ्र्योट कार्यमा सर्वोकृष्टरउत्कृष्ट हुने कर्मचारी र अवकाश लिन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खलाललाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताए ।
सुरक्षा निकायलाई विस्तारै स्रोत र साधनयुक्त बनाउने योजना सरकारको रहेको पनि गृहमन्त्री खाँणले आश्वस्त पारे । उनले बेरुजु फछ्र्योटमा सर्वोकृष्ठ र उत्कृष्ठ हुनेलाई नगद तथा प्रशंसापत्र समेत वितरण गरेका थिए । तत्कालीन गृहसचिव महेश्वर न्यौपाने, प्र्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय किताब खाना प्रहरीका उपमहानिर्देशक शान्ता अधिकारी, भट्टराईलाई रु दश १० हजारका दरले नगद सहितले सम्मान गरेका थिए ।
यस्तै अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई र रमेशकुमार केसीलाई पाँच पाँच हजार नगदसहित सम्मान गरिएको थियो । समरोहमा गृहमन्त्री खाँणले मन्त्रालयका तत्कालीन लेखा शाखाका उपसचिव निर्मल न्यौपाने, लेखा अधिकृत शालिराम पराजुली र तत्कालीन लेखापाल नरबहादुर कुँवरलाई रु आठ आठ हजार नगदसहित सम्मान गरे । पुरस्कार वितरण गर्दै बेरुजु फछ्र्योटमा गृह मन्त्रालय अन्तर्गतका निकायले देखाएको कार्य कुशलता प्रशंसा योग्य रहेको भन्दै उनले आगामी दिनमा योभन्दा अझै राम्रो कार्य गरेर देखाउन आग्रह गरे ।