हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

आइतबार, चैत २७, २०७८

हेटौंडा, २७ चैत : हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

हेटौंडा–१३ पदमपोखरीस्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको बिहान ९ः५५ बजे करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु हो । घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार