लागुऔषधसहित तीन जना पक्राउ 

शनिबार, चैत २६, २०७८

कञ्चनपुर, २६ चैत । भीमदत्त नगरपालिका– ११ भुजेलाबाट प्रहरीले आज तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट १९ दशमलव ५ ग्राम चरेस, प्रि ग्याब्लिक क्याप्सुल ६ पिस र इन्ट्रिकफ ट्याब्लेट १४ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य गरिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार