एर्कीकृत सुरक्षा योजनाबारे गृहमा छलफल

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक
सोमबार, चैत २१, २०७८

काठमाडौँ, २१ चैत  ।  निर्वाचन आयोगमा आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा उच्चस्तरीय सुरक्षा समितिको बैठक भएको छ । आयोगका सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा आज भएको बैठकमा निर्वाचन सुरक्षाका विविध पक्षमा आयोग र सुरक्षा निकायका प्रमुखबीच विस्तृतरूपमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए  ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजनाबारे आयोगलाई जानकारी दिइएको थियो । निर्वाचन सुरक्षा निर्देशिका, २०७८ मा व्यवस्था भएअनुरूप भएको बैठकमा गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिवसमेत सहभागी थिए ।

 

 

 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार