मोरङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतबार, चैत २०, २०७८

काठमाडौं, २० चैत : मोरङको कानेपोखरी गाउँपालिका–७ मा आइतबार बिहान जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।  बा १७ च ७९७१ नम्बरको बोलेरो जिपले आइतबार बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । जिपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।  

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिकास्थित कालिञ्जोर पुल छेउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएकाे छ । आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ स्थित कालिञ्जोर पुलमा ना. २९ प २४३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना. ५ ख ८४८५ नम्वरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाईकल चालक लालबन्दी नगरपालिका–२ का २५ वर्षीय चन्दु पासवानको मृत्यु ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको हो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पासवानलाई तत्काल लालबन्दीस्थित मोडेल अस्पताल पुर्‍याइएको थियो । लालबन्दीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि जनकपुर लैजाँदै गर्दा पासवानको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । लालबन्दीमा नपाएपछि रानीगञ्जस्थित पम्पबाट मोटरसाइकलमा पेट्रोल हालेर फर्कंदै गर्दा पासवान सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको हो ।

मृतक पासवानको शव परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको छ । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार