सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १७ चैत : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् ।
लोसपाले उठाएका मुद्दा सम्बोधनका लागि देउवाले सकारात्मक जवाफ दिएका छन् भने स्थानीय तहमा गठबन्धन गरेर अघि बढ्नेबारे समत छलफल भएको छ ।
बुधबार लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । त्यसक्रममा देउवा लोसपासँग चुनावी गठबन्धन गर्न सकारात्मक भएको नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
'हामीले हाम्रा माग र मुद्दाका बारेमा प्रधानमन्त्रीलाई स्मरण गरायौं। उहाँले सकारात्म जवाफ दिनु भएको छ' नेता भण्डारीले भने, 'हाम्रो दलसँग गठबन्धन गर्न पनि उहाँ सकारात्मक हुनुहुन्छ ।'
प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किएपछि यसबारे थप छलफल हुने उनले बताए । लोसपासँग पनि गठबन्धन भएमा महागठबन्धन हुने छ । लोसपा र एमालेबीच चुनावी गठबन्धन हुनसक्ने आकलन भइरहँदा प्रधानमन्त्री पनि तालमेलका लागि सकारात्म भएका हुन् ।
चुनावमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिने लोसपाको निर्णय
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा बुधबारबाट सुरु भएको लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज सकिएको हो । बैठकले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार पार्टीको स्थानीय तहलाई दिने निर्णय गरेको नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
'आगामी स्थानीय तहको चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार स्थानीय तहलाई दिने निर्णय भएको छ' उनले भने ।
बैठकमा नेताहरुले पार्टीलाई फाइदा पुग्ने गरि चुनावमा तालमेल गर्नु पर्ने निर्णय गरेको थियो ।