रसुवा बाढीमा ज्यान गुमाएका मध्ये हालसम्म ७२ जनाको शव भेटियो

बुधबार, भदौ १०, २०८३

काठमाडौं । आज बिहान अकास्मत आएको रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीका कारण हालसम्म ७२ जनाको मृत्यु पुष्टि भएको छ । सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी चितवनमा २८ जनाको शव फेला परेको छ । जसमा ५ जना महिला, १३ जना पुरुष र लैंगिक पहिचान खुल्न नसकेका १० जना छन् । यस्तै १८ जनाको शव धादिङमा फेला परेको छ । जसमा ११ जना महिला, पाँच जना पुरुष र २ जना लैंगिक पहिचान खुल्न नसकेका शव छन् । यस्तै, नुवाकोटमा ११ जनाको शव फेला परेको छ । जसमा ५ महिला र ६ पुरुष रहेको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै, २ महिला, ४ पुरुष, ३ पहिचान नखुलेकासहित ९ जनाको शव गोरखामा फेला परेको छ । यस्तै, तनहुँमा २ पुरुष, १ बालिका र एक बालक गरी ४ जनाको शव फेला परेको छ । यस्तै, पूर्वी नवलपुरमा एक बालिका र रसुवामा एक पुरुषको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार