संशयमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसदमा टेबुल भएको हो : कानुनमन्त्री बडू

आइतबार, फागुन ८, २०७८

काठमाडौं, ८ फागुन । कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनतालाई यथार्थ जानकारी गराउन संसदमा एमसीसी टेबुल गरेको बताएका छन् । अहिले एमसीसीबारे सडकमा र बाहिर व्यापक विरोध भइरहेको तर संसदमा कुनै पनि छलफल र बहस नभएकाले आज संसदमा टेबुल गर्नुपरेको उनले बताए । ‘संशयमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसदमा टेबुल भएको हो, अब संसदमा छलफल र बहस हुन्छ, । पास वा फेल जे भए पनि संसदमै हुन्छ,’ संसद् भवनबाट बाहिर निस्किने क्रममा सञ्चारकर्मीसँग बडूले भने ।

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार