कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु 

आइतबार, फागुन ८, २०७८

काठमाडौं, ८ फागुन : प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ ।  यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।  

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार