सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ७ फागुन । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताएकी छन् । राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई आज सम्बोधन गर्दै उनले विपक्षी दलका केही नेताहरु गठबन्धन भत्काउन लागि परेको बताए । “विपक्षी दलका केही नेताहरु सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटेर एमसिसी पारित गर्ने र गठबन्धन भत्काउने प्रयास गर्दैछन्, यसमा गठबन्धन सचेत हुनु जरुरी छ”, उनले भने । दुई-दुई पटक संसद् विघटन गरेको एमालेले पाँच दलीय गठबन्धन भत्काएर संसद् विघटनको औचित्य सावित गर्न खोजेको उनको भनाइ छ । उनले एमसिसीका बारेमा यथार्थ कुरा जनतामाझ लैजानुपर्ने बताउनुभयो । सम्मेलनले लालबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । सम्मेलनले सात सदस्यीय सल्लाहकार समिति गठन गरेको जनमोर्चाका नेता रोशन दानीले जानकारी दिए ।