नेकपा एसले भन्यो, 'एमसीसी जस्ताको तस्तै अनुमोदन गर्न सकिँदैन तर संसदमा छलफल गर्न तयार'  

शनिबार, फागुन ७, २०७८

काठमाडौं, ७ फागुन  : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) स्थायी कमिटीले एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने भए पनि संसदमा सघन छलफल गर्न तयार हुने निर्णय गरेको छ । बैठकपछि विज्ञप्ति जारी गर्दै नेकपा एसका महासचिव डा. बेदुराम भुसालले बैठकमा वर्तमान राष्ट्रिय परिस्थित र एमसीसीका बारेमा छलफल भएको जानकारी दिएका छन्। 

नेता झलनाथ खनालले एमसीसी कम्याक्ट अध्ययन समुहले तयार पारेको निश्कर्ष प्रस्तुत गरेका थिए। बैठकमा स्थायी कमिटीका २५ जना सदस्यहरुले दुवै विषयमा आ-आफ्ना धारणा राखेको विज्ञप्तिमा जनाइएको छ।

'बैठकले एमसीसी कम्प्याक्टलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको छ' भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  २०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार