एमसिसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक

शनिबार, फागुन ७, २०७८

काठमाडाैं, ७ फागुन : एमसिसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को  स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए । 

उनका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विराेधमा छन् ।

माओवादीले अहिलेकाे अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेकाे छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ ।

आइतबार सत्ता गठबन्धनकाे बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएकाे छ ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार