बालुवाटारमा गठबन्धनको बैठक सुरु 

बिहीबार, फागुन ५, २०७८

काठमाडौं, ५ फागुन : सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । 

गठबन्धनको जारी बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुनेछ । साथै गठबन्धन कायम राख्ने वा विघटन गरेर दलहरू आ–आफ्नो बाटोमा लाग्ने निर्णय पनि गर्ने तयारी छ । 

एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा नबस्ने बताउँदै आएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार