नेपाली कांग्रेस विपीको डडेलधुरा संयोजकमा हमाल

बुधबार, फागुन ४, २०७८

डडेलधुरा, ४ फागुन । प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श मान्दै आएको पार्टी नेपाली कांग्रेस (बिपी) डडेलधुरा संयोजकको जिम्मेवारी तिलक हमालले पाएका छन् । 

बुधबार जिल्ला सदरमुकाम डडेलरामा भएको एक कार्यक्रममा हमाललाई संयोजकको जिम्मेवारी दिइएको हो । नेपाली कांग्रेस विपीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले हमाललाई संयोजकको जिम्मेवारी दिएका हुन् । अब छिट्टै जिल्लामा कार्य समिति विस्तार गर्ने हमालको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार