संसद् अवरोध अन्त्य गर्न सभामुखको आग्रह

बुधबार, फागुन ४, २०७८

काठमाडौ‌, ४ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरूलाई संसद् अवरोध अन्त्य गर्न आग्रह गरेका छन् । बैठक प्रारम्भ भए लगत्तै रोस्टम अगाडि आएर एमाले सांसदहरूले अवरोध गरेपछि सभामुख सापकोटाले राज्य सञ्चालनको ४२ वटा विद्येयक पारित गर्न बाँकी रहेको भन्दै अवरोध अन्त्य हुनुपर्ने बताए ।
संसदमा  बारम्बार अवरोध गर्नुलाई राम्रो मान्न नसकिने उनले बताए । संसद् बैठकमा छलफलको वातावरण बनाउन सभामुख सापकोटाले अनुरोध पनि गरे । एमालेले २३ फागुनदेखि निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार