एमाले : कार्यव्यवस्थालाई जानकारी गराउने, संसद अवरोध गर्ने

बुधबार, फागुन ४, २०७८

काठमाडौं, ४ फागुन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ । बैठक दिउँसाे १ बजे बस्दैछ । एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेसम्म हाम्रो विरोध हिजो पनि थियो, आज पनि रहने छ ।’

सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । एमालेका माग कार्यव्यवस्था समितिलाई जानकारी  गराइने  नेम्वाङले बताए । एमसिसीको विषयमा भने एमाले ‘पर्ख र हेर’को अवस्थामा छ ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार