माओवादीको संसदीय दलको बैठक बुधबार बिहान

मंगलबार, फागुन ३, २०७८

काठमाडौँ, ३ फागुन ।  प्रतिनिधिसभामा आफ्नो दलको उपस्थितिलाई प्रभावकारी बनाउने ध्येयका साथ नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । सत्तारूढ दलको रूपमा रहेको माओवादीले बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ । बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि माओवादीले समसामयिक राजनीतिक विषयमा सांसदलाई जानकारी गराउने उद्देश्यले बैठक बोलाइएको हो । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौता अनुमोदका लागि पेश गर्ने तयारी गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार