सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ३ फागुन : संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने अवस्था भने रहेको छ ।
प्रतिनिधि सभाको कार्यसूचीमा एमसीसी थपिन्छ : कांग्रेस
नेपाली कांग्रेसले प्रतिनिधि सभाको बुधबारको बैठकको कार्यसूचीमा एमसीसी थपिने बताएका छन् । मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकार कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबारको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा एमसीसी पनि रहने बताएका हुन् ।
'एमसीसी टेबल हुन्छ । एमसीसी भोलिको कार्यसूचीमा नभए थपिएला । यो कार्यसूचीमा थपिनुपर्छ', बैठकपछि पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने ।
संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।
बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने आकलन गरिएको छ ।