कांग्रेसले भंग गर्‍यो भ्रातृ संगठन

मंगलबार, फागुन ३, २०७८

काठमाडौं, ३ फागुन  : नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ ।  सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए ।  उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार