एकीकृत समाजवादीले संसदबाट एमसीसी अनुमोदन हुन नदिने

मंगलबार, फागुन ३, २०७८

काठमाडौं, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) ले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेवल भए पास हुन नदिने बताएको छ ।  एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संशोधन बिना एमसीसी पास हुन नदिने न्युज कारखानालाई बताएका हुन् । ‘एमसीसी पास हुँदैन र पास गराउँदैनौं । पास गर्ने वातावरण पनि बन्न दिदैनौं,’ एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पूर्ववत अडान यथावत छ । संशोधन विना एमसीसी पास हुनै सक्दैन ।’ प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबारको बैठकमा एमसीसी टेवल गर्ने तयारी गरिरहेको छ । कांग्रेसको मंगलबार विहान बसेको संसदीय दलको बैठकले पनि एमसीसी अनुमोदनको लागि प्रतिनिधिसभा बैठकमा टेवल गर्न सहमति दिएको छ ।  यसैसिलसिलामा सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले भने एमसीसी पास हुने वातावरण बन्न नदिने बताएको हो । 

 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार