कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

मंगलबार, फागुन ३, २०७८

काठमाडाैं, ३ फागुन : सत्तासीन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज मंगलबार बस्दैछ। यसअघि तीन दिन बैठक बसेकाे थियाे ।

पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसाे ३ बजे बैठक बस्न लागेकाे कांग्रेस प्रवक्ता प्रकानशशरण महतले जानकारी दिए ।

३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन्। बाँकीले आजकाे बैठकमा धारणा राख्नेछन् । नेताहरुकाे धारणासँगै बैठकमा भएको छलफलका निर्णय सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । बैठक आज सकिँदैछ ।

कांग्रेसले गत १४माघमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। सभापतिसहित १३ पदाधिकारी स्वतः कार्यसम्पादन समितिमा रहन्छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  ०९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार