विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह

सोमबार, फागुन २, २०७८

काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नकस्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन् । देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् ।  

त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि विधेयकहरु संसदमा रोकिएको भन्दै पास गर्ने तर्फ लाग्न सभामुख सापकोटालाई सुझाव दिएका थिए । 

संसद्को गतिरोध र एमसीसीका बारेमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएका थिए । तर सभामुखबाट सापकोटाको बहिर्गमनको माग गरिरहेको एमालेले भने बैठक बहिष्कार गरेको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार