एमसीसीविरुद्ध राप्रपाका २१ भातृ संगठन आन्दोलित

सोमबार, फागुन २, २०७८

काठमाडौं, २ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृ संगठनहरूले एमसीसीका विरुद्धमा प्रदर्शन गर्ने भएका छन् ।

सोमबार राजधानीमा बसेको राप्रपा निकट २१ भातृ संगठनको बैठकले एमसीसीविरुद्ध एकबद्ध भएर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

उनीहरूले ४ माघ बुधबार माइतीघर मण्डलामा विरोधप्रदर्शन गर्ने निर्णय गरेका छन् । एमसीसी देशको हित विपरित रहेको निष्कर्शसहित प्रदर्शन गर्ने निर्णयमा पुगेको बै‌ठकमा सहभागी एक नेताले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार