झन्डै ७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार

सोमबार, फागुन २, २०७८

काठमाडौं, २ फागुन । मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो ।

हार्ड टप जीप खरिदको ठेक्का अग्नि इन्कपेरिटेड प्रालि काठमाडौंले पाएको छ । १४ मन्त्रालय रहेकाे बागमतीमा १८ सदस्यीय मन्त्रिपरिषद् छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार