एमाले संसदीय दलकाे बैठक बस्दै

सोमबार, फागुन २, २०७८

काठमाडौं, २ फागुन  : प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज साेमबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।  कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाभियोग दर्ता भएसँगै आइतबार बसेकाे एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेकाे छ । 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार