सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १ फागुन : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बसेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बैठक बसेको हो । माघ २७ गतेदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय 'डिना', सदस्यहरू विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एनपी साउँदले आफ्नो धारणा राखेका थिए ।
आज १६ नेताले राखे धारणा
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार पुन बस्ने भएको छ । माघ २७ गतेदेखि सुरु बैठकमा नेताहरुले बोल्नेक्रम जारी रहेको छ ।
बैठकमा एमसीसी, सत्ता गठबन्धन, अधिवेशन, भ्रातृ संस्थाहरुको अधिवेशन लगायका विषयमा छलफल भइरहेको छ । आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु-फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार र सदस्यहरु—विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एनपी साउदले आ–आफ्नो धारणा राखेका थिए ।
माघ २७ गतेदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक फागुन ३ गते मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।