बुधबारसम्मका लागि संसद बैठक स्थगित 

आइतबार, फागुन १, २०७८

काठमाडौं, १ फागुन । प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर २ फागुन सोमबारका लागि डाकिएको बैठक अब ४ फागुन बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो ।  विशेष कारणले सोमबार बैठक बस्न नसक्ने भएकाले बुधबारका लागि सारिएको महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।  प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरिने भनिएको र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएका बेला प्रतिनिधिसभाको बैठक सारिएको हो । 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार