सुशील कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी : प्रधानमन्त्री 

बुधबार, माघ २६, २०७८

काठमाडौँ, २६ माघ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धा सुमन अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति  कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्र्दै उनले पार्टीमा पु¥याउनु भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गरे ।  नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गर्नुभएका कांग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।–रासस 
 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार