ओली र शेखर कोइरालाबीच भेटघाट 

मंगलबार, माघ २५, २०७८

भक्तपुर, २५ माघ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।  कांग्रेस नेता कोइराला आज साँझ ओली निवास पुगेर भेट गरी वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । दुई नेताबीच आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार