सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर, २३ माघ । प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले प्रदेशका मन्त्रीहरूलाई साझा न्यूनतम कार्यमा दत्तचित्त भएर परिणाममुखी काम गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज बसेको बैठकले वित्तीय क्षेत्रमा सुशासन कायम गर्न र जोखिम न्यूनीकरण गर्न बनाइएका कार्यविधि २०७८ पारित गरेको छ । बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समिति सामाजिक विकासमन्त्री राजन राई, आर्थिक सामाजिक तथा पूर्वाधार समितिमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो तथा कानुन न्याय तथा प्रदेश मामिला समितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीलाई तोकेको छ । मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्ले तयार पारेको आचारसंहित पालना गर्नुपर्ने, झापाको विर्तामोडस्थित गिरी बन्धु टी स्टेटलाई स्थानान्तर एवं सट्टापट्टा गर्ने सरकारको निर्णय खारेज हुनुपर्ने र प्रदेश मन्त्रालयअन्तर्गत सङ्गठनात्मक संरचनाको दरबन्दी स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।