केन्द्रीय कांग्रेस कार्यसम्पादन समितिको बैठक बिहीबार

शनिबार, माघ २२, २०७८

काठमाडौँ, २२ माघ  । म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी बिहीबार हुने भएको छ ।

     यही माघ २७ गते अपराह्न २ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, ललितपुरमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ । 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार