आफ्ना माग सम्बोधनबारे देउवालाई ठाकुरको प्रश्न

बिहीबार, माघ २०, २०७८

काठमाडौं, २० माघ : प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्ना मागहरुबारे पुन : स्मरण गराएका छन् । 

बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्दै ठाकुरले आफूहरुले यसअघि उठाएको माग बारे के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका थिए । 

देउवाले प्रधानमन्त्री हुँदा आफूहरुको माग सम्बोधन गर्छु भनेको स्मरण गराउँदै ठाकुरले त्यसबारे प्रश्न गरेको उनी निकट एक नेताले बताए । 

लोसपाले संविधान संशोधन, रेशम चौधरीलगायतको रिहाइ र मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता, नागरिकता समस्या समाधान लगायको माग राख्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार