एमाले लमजुङको पहिलो बैठक घलेगाउँमा

बिहीबार, माघ २०, २०७८

लमजुङ, २० माघ : नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको पहिलो बैठक स्मार्ट भिलेज घलेगाउँमा बस्ने भएको छ । एमाले लमजुङको पदाधिकारीको बैठकले २८ माघमा क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको स्मार्ट भिलेज घलेगाउँमा पहिलो बैठक बस्ने निर्णय गरेको हो । 

पहिलो बैठकले जिम्मेवारी बाँडफाँट, सचिवालय गठनलगायतको निर्णय गर्ने अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । अहिले जिम्मेवारी बाँडफाँट नभएकाले आफू रहेको भूगोलमा स्थानीय पालिका कमिटीसँग समन्वय गरी पार्टीको काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको अध्यक्ष अधिकारीले बताए ।

कोरोना संक्रमण जोखिम रहेकाले उच्च सतर्कता अपनाउँदै नेपाल सरकारले तोकेको मापदण्डमा रहेर पार्टीका काम कारवाही अगाडि बढाउन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार