राष्ट्रिय सभा चुनावमा अन्तर्घातबारे छानबिन गर्ने जिम्मेवारी एमाले प्रदेश कमिटीलाई

बुधबार, माघ १९, २०७८

काठमाडौं, १९ माघ : नेकपा एमाले केही दिन अघि सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात भएको बारे छानबिन गरि कारबाही गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिएको छ ।

बुधबार बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा चुनावमा एमालेको प्रतिनिधिभन्दा कम मत आएको विषयमा छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले स्थानीय चुनावको मिति घोषणाका लागि दबाबको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।  त्यस्तै बैठकले जनसंगठनको महाविधेशनलाई निरन्तरता दिने निर्णय गरेको छ । 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  २०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार