सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १९ माघ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । खाँणले बुधबार बिहान अध्यक्ष नेपालको निवास काेटेश्वरमै भेटेका हुन् । नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार भेटमा खास विषयमाथि कुराकानी भएको छैन । उनले भने, ‘यो नियमित भेटघाट हो । खास विषय केही थिएन ।’ निर्वाचन आयोगले सरकारलाई आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन मिति सिफारिस गरेकोप्रति माधवकुमार नेपाल सन्तुष्ट छैनन् । उनको चाहना भने आगामी मसिरमा स्थानीय तहको निर्वाचन गर्नु पर्ने भन्ने छ । यसै कारण गृहमन्त्री खाँणले निर्वाचन मिति तोक्नुअघि नेता नेपालसँग राय सल्लाह लिएको स्रोतको दाबी छ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटार पुगेका छन् ।