जेठमा स्थानीय तहकाे चुनाव हुने भएपछि एमालेले डाक्याे सचिवालय बैठक

बुधबार, माघ १९, २०७८

काठमाडौं, १९ माघ । आगामी जेठमा स्थानीय तहकाे निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सचिवालयको बैठक डाकेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावकाे रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बाेलाइएकाे बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ ।  एमाले सचिवालयमा पदाधिकारी (१९ जना) सदस्य रहने व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार