माग सम्बोधन नभएसम्म एमाले कुनै एजेन्डामा सहभागी हुँदैन : शंकर पोखरेल

मंगलबार, माघ १८, २०७८

काठमाडौं, १८ माघ । एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म अन्य एजेन्डामा सहभागी नहुने स्पष्ट पारेका छन् । एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  संसदबाट अनुमोदन गराउन सहयोग गर्ने चर्चा चलिरहेका बेला पोखरेलले यसबारे धारणा सार्वजनिक गरेका हुन् । एमाले महासचिव पोखरेलले यो चर्चालाई भ्रम भनेर टिप्पणी गरेका छन् । ‘जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुँदैन, तबसम्म अन्य एजेन्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौं,’ पोखरेलले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् । एमालेको माग भनेको सभामुखले १४ सांसदलाई पदमुक्त गरेको सूचना संसद् सचिवालयको सूचना पार्टीमा टाँस गरेको हुनुपर्ने छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले यसलाई अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार