बागमती प्रदेशको अर्थ तथा विकास समिति र शिक्षा समितिको सभापतिमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित

नारायणबहादुर सिलवाल अर्थ तथा विकास समिति सभापति, केशवप्रसाद पोखरेल शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति बने 
सोमबार, माघ १७, २०७८

मकवानपुर, १७ माघ ।  बागमती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादु सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोखरेल निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभा सचिवालयका सह–प्रवक्ता उमेशराज सोतीका अनुसार दुवै समितिको सभापति पदको लागि आइतबार भएको मनोनयनमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि उहाँहरूलाई स्वतः सभापति घोषणा गरिएको हो ।
दुवै समितिको आज निर्वाचन कार्यक्रम तय भएको थियो । उम्मेदवार दुवै समितिमा उम्मेदवार एक जना मात्रै भए पनि मतदान गर्न नपर्ने भएको हो । सिलवाल र पोखरेल दुवै जना नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका थिए । उनीहरु दुवैजना काठमाडौँ निवासी हुन् । दुवै समितिमा सत्ता गठबन्धन र अन्य दलको तर्फबाट भने उम्मेदवारी परेको थिएन । अर्थ तथा विकास समितिमा २० जना सदस्य र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना सदस्य रहेका रहेका छन् । 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार