एमाले केन्द्रीय कार्यालयको बैठक थापाथलीमा

सोमबार, माघ १७, २०७८

काठमाडौं, १६ माघ । एमाले केन्द्रीय कार्यालयको बैठक पार्टी कार्यालय थापाथलीमा बसिरहेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ । बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, पद्मा अर्याल र छविलाल विश्वकर्मा सहभागी छन् । बैठकमा स्थानीय तहको निर्वाचनको मितिबारे छलफल हुने एजेन्डा छ । 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार