एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउँछ : नेता कोइराला

आइतबार, माघ १६, २०७८

इनरुवा, १६ माघ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ मा पार्टीका संसदीय दलका नेता राजीव कोइरालाले एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । सुनसरीको इनरुवा नगरपालिका–२ मा निर्माण भएको बुढासुब्बा बाज्युबज्यै सामुदायिक भवनको आज उद्घाटन गर्दै नेता कोइरालाले पार्टीभित्र र गठबन्धन दलहरुबीच सरकार विस्तार गर्ने विषयमा छलफल भइरहेको बताए । उनले प्रदेश सरकारले पूर्णता नपाएका बेलामा धेरै विकास निर्माणका काम प्रभावित भएकाले यसलाई पूर्णता दिन आवश्यक भएको उल्लेख गरे । 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार