बिहान तराईमा हुस्सु, राति उच्च पहाडी क्षेत्रमा हिमपातकाे आँकलन

आइतबार, माघ १६, २०७८

काठमाडाैं, १६ माघ : हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुसु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।  

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी  दिएकाे छ ।

साेमबार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार