राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालले दिए बधाई

बिहीबार, माघ १३, २०७८

काठमाडौँ, १३ माघ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिएका छन् ।  उनले जारी गरेको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी भएका पाँच सदस्यलाई पनि बधाई तथा सफलताको कामना गरिएको छ । 
राष्ट्रियसभामा १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी (गरिमा) शाह, केन्द्रीय सदस्यहरु उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्रलक्ष्मी गैरे तथा गठबन्धनबाट अन्य १३ सदस्य र एमालेबाट एक सदस्य निर्वाचित भएका थिए । 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार