मधेश प्रदेशबाट माओवादीकी अर्याल राष्ट्रिय सभामा विजयी

बुधबार, माघ १२, २०७८

काठमाडौं, १२ माघ : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा सत्तारूढ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल निर्वाचित भएकी छन्।

बुधबार मतदान सकिएसँगै भएको मतगणनामा माओवादी केन्द्रकी अर्यालले ६ हजार १ सय ५६ मतभार पाएकी हुन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीकी रूपाकुमारी यादवलाई पराजित गरेकी हुन् । यादवलाई नेकपा एमालेले पनि समर्थन गरेको थियो । अन्यतर्फको एक जना राष्ट्रिय सभा सदस्यका लागि मतगणना जारी रहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार