एमाले उम्मेदवार बरालले आफ्नै दुई सांसदको मत नपाउँदा प्रदेश १मा पराजित !

बुधबार, माघ १२, २०७८

काठमाडौ, १२ माघ : राष्ट्रिय सभामा निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच बराबर मत आएपछि गोलाप्रथा भएको थियो।

बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए । गोला तान्दा बस्नेत बिजयी भए । 

प्रदेश १ का एमालेका दुई सांसदले बराललाई मत नदिँदा उनी पराजित भएका हुन् । यदी दुई मत पाएको भए बराल सहजै विजयी हुने थिए तर उनले दुई मत पाएनन् । 

एमालेका ४० जना सांसदले मतदान गरेपनि बरालले ३८ मत प्राप्त गरे । एमालेको एउटा मत राप्रपालाई गयो भने अर्को एक मत बदर भएको थियो । एमालेकै एक जना सांसद गुलेफुन मिया मत खसाल्न आइनन् । उनी सरकारी कागजात किर्ते मुद्दामा फारर सूचीमा छन् । 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार