राष्ट्रिय सभामा निर्वाचनमा जनमोर्चालाई गठबन्धनको फाइदा, पायो एक सदस्य

बुधबार, माघ १२, २०७८

काठमाडौं, १२ माघ : राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा प्रवेश पाएको छ ।  बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा जनमोर्चाका उममेदवार लुम्बिनी प्रदेशबाट निर्वाचित भएका हुन् ।  सत्ता गठबन्धनमा रहेको जनमोर्चाका तुलप्रसाद बिक निर्वाचित भएसँगै राष्ट्रिय जनमोर्चाका एक सदस्य राष्ट्रिय सभामा भएका हुन् ।  जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सदस्य छन् ।  राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभामा एमाले- माओवादी गठबन्धनबाट २०७४ सालको प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् । 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार